अक्सिजन अभावका कारण ७ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिए

२९ फाल्गुन २०७७, शनिबार १९:१९

काठमाडाैं।  अक्सिजन अभावका कारण ७ कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्।

राजधानी अम्मानबाट २० किलोमिटर टाढा पर्ने साल्ट शहरको सरकारी अस्पतालमा उपचाररत ७ कोरोना भाइरस संक्रमितको शनिबार मृत्यु भएको थियो। उनीहरुको मृत्युपछि आफन्तहरुले अस्पताल बाहिर विरोध प्रदर्शन गरेका थिए।

घटनाको छानबिनकै क्रममा जोर्डनका प्रधानमन्त्री बिशर अल–खासवाहनेहले स्वास्थ्यमन्त्री नादीर उबेजातलाई राजीनामा मागेको थियए। उनले नैतिकताको आधारमा राजीनामा दिएको सरकारको मुखपत्र ‘अल राई’ले जनाएको छ।