समानान्तर कमिटी बनाउने नेपाल पक्षको घोषणा

२८ फाल्गुन २०७७, शुक्रबार २१:१६

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीले गरेको निर्णय अवैधानिक भएको ठहर गरेको छ ।

बालुवाटारको बैठकलगत्तै बसेको आकस्मिक स्थायी कमिटी बैठकले उक्त निर्णय पार्टीलाई विभाजनतर्फ लैजाने काम भएको निष्कर्ष निकालेको हो ।

बानेश्वरस्थित होटेल अर्यालमा बसेको बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय मान्न नसकिने भन्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निश्कर्ष निकालेको हो ।-

अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतका निर्णय गरेपछि नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी र सांसदहरुको छलफलपछि चैत ४ गते राष्ट्रिय भेला गरी समानान्तर कमिटी घोषणा गरिने उक्त समूहले तयारी गरेको हो ।