ताप्लेजुङमा आगलागीमा परी एक घर नष्ट

२७ फाल्गुन २०७७, बिहीबार १८:३१

ताप्लेजुङ।   ताप्लेजुङमा आगलागीमा परी एक घर नष्ट भएको छ र फुङलिङ नगरपालिका– ५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको हो ।

बिहीबार अपराह्न  सन्तोष लिम्बूको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार लिम्बु सो घरमा एक्लै बस्दै आएका थिए । कोही नभएका अवस्थामा भएको आगलागी भएको हो ।  आगलागीमा परी  ८० हजार नगद, ३० हजार बराबरको अन्नपात र  लत्ताकपडा तथा सामान र एक कच्ची घरसहित २ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो निभाएका थिए। कसरी आगलागी भएको भन्ने बारेमा भने केही खुलेको छैन