
काठमाडौँ। शरीरको एक निकै महत्वपूर्ण अंग जो शरीरका अन्य अंगलाई सही रुपमा चलाउनका लागि महत्वपूर्ण भूमिका निभाउँछ ।
भगवानले सबै मानिसलाई दुई मिर्गौला दिएका छन् ।
मिर्गौला बचाउन यस्ता बानी बदल्नुहाेस्:-
नुनको अधिक प्रयोग
चिकित्सकका अनुसार खानामा अधिक नुन राख्ने बानीका कारण पनि मिर्गौला खराब हुनसक्छ । किनकी धेरै नुन खानाले किड्नीको फिल्ट्रेशन ठिक तरिकाले हुन पाउँदैन ।
यसकारण खानामा नुनको प्रयोग कम गर्नुपर्दछ । खानो खाने समयमा पनि छुट्टै नुन राख्ने बानी छ भने सुधार गरिहाल्नुहोस् ।
कम पानी पिउने आदत
कम पानी पिउने आदतले पनि मिर्गौलामा संक्रमणको खतरा उत्पन्न हुन्छ । यस्तोमा मिर्गौलामा पत्थरी हुने सम्भावना बढ्छ ।
मिर्गौलाको पत्थरी शरीरका लागि अधिक विनाशक हुन्छ । मिर्गौलालाई स्वस्थ राख्न अधिक मात्रामा पानी पिउने गर्नुहोस् ।
धुम्रपान गर्ने आदत
जो व्यक्ति अधिक मात्रामा धुम्रपान गर्दछन् उनीहरुको पनि मिर्गौला खराब हुने सम्भावना अधिक हुन्छ ।
वास्तवमा धुम्रपानले सबैभन्दा धेरै मानिसको फोक्सोलाई नै असर गर्दछ । धुम्रपानबाट एक प्रकारको लाभा विस्तारै फोक्सोमा जम्छ ।
जसबाट क्यान्सर मात्रै हुँदैन मिर्गौला फेल हुने सम्भावना पनि अधिक हुन्छ ।
यस्तोमा यदि तपाइँ आफ्नो मिर्गौला सुरक्षित रहोस भन्ने चाहानुहुन्छ भने, धुम्रपानदेखि सँधै दूरी बनाउनुहोस् ।
