फेरि बढ्याे सुनचाँदीकाे मूल्य, प्रतिताेला यतिमा हुँदैछ काराेबार

२६ फाल्गुन २०७७, बुधबार १३:४६

 

सुनचाँदीको मूल्यमा दैनिक रुपमा देखिएको उतारचढाव कायम छ । फागुन २६ गते, बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी महासंघले जनाए अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।

बुधबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार हुँदैछ । मंगलबार भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले ओरालो लागेर एक हजार २५५ रुपैयाँ तोकिएको महासंघको तथ्यांकले देखाउँछ ।