प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे मन्त्रिपरिषद बैठक बस्दै

२५ फाल्गुन २०७७, मंगलवार १४:१२

काठमाडैँ- आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ। कट्टेलले आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै सर्वोच्चमा रिट हालेका थिए।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो।