
काठमाडौँ। महाराष्ट्रको नासिकमा ‘विकेन्ड’ का दिन लकडाउन गरिने भएको छ।
यस्तै, ठाणे शहरमा ११ हटस्पट क्षेत्र पहिचान गरि मे १३ देखि मार्च ३१ सम्मका लकडाउन गरिने भएको छ। संक्रमण बढी भएको स्थानमा विद्यालय र कलेजहरु बन्द गर्न भनिएको छ।
केही स्थानमा लकडाउनको समयमा खुकुलो व्यवस्था गरिएको छ। बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म पसलहरु खोल्न सकिनेछ भने रेष्टुराँहरु रातिको ९ बजेसम्म मात्रै संचालन गर्न सकिनेछ।
मार्च १५ देखि मुम्बईमा विवाह कार्यक्रमलाई अनुमति नदिने बारेमा राज्य सरकारले तयारी थालेको छ।
आज भारतभर १५ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा संक्रमणका कारण ७७ जनाको मृत्यु भएको छ।
