बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा नयाँ रेष्टुरेन्ट संचालन गर्दै

२४ फाल्गुन २०७७, सोमबार १३:०९

काठमाडौँ।  बलिउड अभिनेत्री प्रियंका चोपडा रेष्टुँरा व्यवसायी बन्ने भएकी छन् । उनले न्यूयोर्कमा ‘सोना’ नामको रेष्टुराँ सञ्चालन गर्ने भएकी छन् ।

उनको रेष्टुराँमा भारतीय खाना ‘सर्भ’ हुनेछ । न्यूयोर्कमा सुरु हुन लागेको आफ्नो रेष्टुराँका बारेमा प्रियंकाले इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् ।

‘सोना’ रेष्टुराँको सुरुवातमा प्रियंका र उनका श्रीमान निक जोनसले पूजा गरेको छन् । रेष्टुराँको इन्टेरिअर डिजाइन, मेनु, संगीत र नाम सबै प्रियंका आफैंले छनोट गरेकी हुन् ।

उनले रेष्टुराँ सञ्चालनसँगै आफूलाई खुसी लागेको बताउँदै लेखेकी छन् ‘म न्यूयोर्क सडकमा भारतीय खानाको स्वाद पस्कँदैछु ।’

प्रियंकाको सोना यो महिनाको अन्तिमदेखि सञ्चालनमा आउने छ । प्रियंकाले आफ्नो रेष्टुराँमा आफ्ना प्रशंसकलाई भेट्न आतुर रहेको उल्लेख गरेकी छन् ।