प्रहरी हवाल्दार र रेष्टुरेन्ट संचालक ११ लाख घुससहित पक्राउ

२४ फाल्गुन २०७७, सोमबार ११:४८

काठमाडौं ।  महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवाल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट संचालक अनिस जोशी ११ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उनीहरूलाई पक्राउ गरेको हो ।

चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टकाका संचालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निजहरु दुवैलाई जिल्ला काठमाडौं कामनपा वडा नं ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।