आज सुनको भाउ तोलामा पाँच सयले बढ्यो

२३ फाल्गुन २०७७, आईतवार १२:३५

काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ साताको पहिलो दिन आइतबार ८६ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार ६५० रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ । गत शुक्रबार १२५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ घटबढ नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।