प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

२३ फाल्गुन २०७७, आईतवार १२:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आज त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाएकोे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले खोप लगाएर सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।