अर्थमन्त्रीले शिलान्यास गरेको स्तम्भ स्थानीयले भत्काए

२१ फाल्गुन २०७७, शुक्रबार १६:३३

बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे लगत्तै स्थानियले शिलान्यास स्तम्भ भत्काएका छन्। स्थानियको विरोध र नाराबाजीका विच आज मोतिपुर अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए। बाक्लो सुरक्षाकर्मीको घेराउमा शिलान्यास र समारोह भइरहेको थियो । समारोह सकिए लगत्तै आक्रोशित स्थानियले शिलान्यासको स्तम्भ तोडफोड गरेका हुन्।