
काठमाडौं। बिहीबार सुनको सुनको भाउ एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले झरेको छ । मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
बुधबार ८७ हजार ५० मा कारोबार भएको तेजाबी सुन बिहीबारका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी बुधबार एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि तोलाको एक हजार २८५ निर्धारण भएको महासंघले जनाएको छ ।
