सर्लाहीमा छतबाट लड्दा एक मजदुरको मृत्यु

२० फाल्गुन २०७७, बिहीबार १२:३५

जनकपुरधाम । सर्लाहीमा छतबाट लड्दा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका-४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर ती मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कौडेना गाउँँपालिका-२ इनर्वा बस्ने २० वर्षीय श्याम मुखिया रहेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।