
काठमाडौं । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउसो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।
संसद बैठकमा कांग्रेस प्रधानमन्त्री ओलीको साथमा उभिन्छ कि प्रचण्ड-माधव पक्षमा भन्नेमा चासो छ । नयाा सत्ता समीकरणमा कांग्रेस निर्णायक भूमिकामा छ ।
