नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन निर्देशन

१९ फाल्गुन २०७७, बुधबार १४:१८

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई निर्देशन दिएको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय समितिको बैठकले नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको हो।

सो निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्यले बताए।

सो बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।