
काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवारका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा ४०० रुपियाँले उकालो लागेको छ ।
प्रतितोला ८८ हजार ३०० रुपियाँमा आइतवार कारोबार भएकोे छापावाला सुन सोमवार भने ८८ हजार ७०० मूल्य कायम भएको छ ।
त्यसैगरी तेजाबी सुनको मूल्य आइतवार प्रतितोला ८७ हजार ८५० हजार रुपियाँमा कारोबार भएकामा सोमवारका लागि ८८ हजार २५० रुपियाँ कायम भएको महासङ्घले बताएको छ ।
तोलामा १ हजार ३२५ मा आइतवार कारोबार भएको चाँदी सोमवारका लागि भने ५ रुपियाँले वृद्धि भई १ हजार ३५० मूल्य निर्धारण भएको छ ।
