
काठमाडाैं। नेपालमा आइतबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २७ सय ७४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
हालसम्म दुई लाख ७० हजार ४०७ जनाले नेपालमा कोरोना जितेका छन् ।
हाल नेपालमा ९६२ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६२ हजार ९३६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
