अदालतलाई धम्क्याएको दाबी झुटाे हाे : प्रचण्ड (लिखित जवाफसहित)

१६ फाल्गुन २०७७, आईतवार १२:३५

काठमाडौं।  नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा आज लिखित जवाफ दिएका छन्। 

जवाफमा उनले अदालतकाे अवहेलना नभएकाे र अदालतलाई धम्की दिएकाे भन्ने दाबी झुटाे भएकाे बताए।

अधिवक्ता समीर हायूले सर्वोच्च अदालतमा दाहालविरुद्ध दिएको अवहेलना मुद्दामा अदालतले लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश गरेको थियो।

प्रतिनिधि सभा विघटनबारे परेका रिटमाथि सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइलाई प्रभावित गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता हायूले रिट हालेका थिए।

माघ १६ मा विराटनगरमा भएको विरोधसभामा बोल्दै आवश्यक परेमा विघटित संघीय संसद् बैठक बोलाउने बताएका थिए।

पूर्णपाठ

[pdf-embedder url=”https://aayokhabar.com/wp-content/uploads/2021/02/CamScanner-02-28-2021-11.22.pdf” title=”CamScanner 02-28-2021 11.22″]