कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार

१५ फाल्गुन २०७७, शनिबार १०:४३

काठमाडौं । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । नर्भिक अस्पतालका डा.राजिव झाका अनुसार जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको छ ।

हिजो देखि स्वास्थ्यमा गम्भीर समस्या भएर अस्पताल पुर्याइएका जोशीको श्वावप्रश्वासमा सुधार आएको झाले जानकारी दिनुभयो ।

‘जोशीको शरीरको दायाँ भाग सुस्तरी चलेको महशुस भएको छ’, डा. झाले भन्नुभयो, ‘सुस्त गतिमा श्वासप्रश्वास पनि हुन थालेको छ ।’

अब उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै जाने झाले बताउनुभयो ।