![]()
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा जाने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा जान लागेका हुन् ।
यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । प्रदेश सांसद राजीव पहारीका अनुसार १५ गतेको सट्टा प्रधानमन्त्री १७ गते पोखरा जान लागेका हुन् ।
‘त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्यौं । तर, १७ गते उहाँ आउनुहुन्छ,’ सांसद पहारीले भने, ‘कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।’
कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।
