भारतका अर्बपति मुकेश अम्बानीलाई आयो धम्की

१४ फाल्गुन २०७७, शुक्रबार १२:५८

मुम्बई। भारतीय धनाड्य उद्योगपति मुकेश अम्बानीको घर बाहिर भेटिएको शंकास्पद कारका बारेमा अनुसन्धान भइरहेको छ ।

क्राइम ब्राञ्च र एटीएसले यस बारेमा अपराधि पत्ता लगाउने कोशिशका जुटेका छन् ।

यही क्रममा गाडिमा जुन पत्र भेटिएको छ, त्यसले ठूलो कुराको खुलासा गरेको छ ।

उक्त शंकास्पद कारमा भेटिएको पत्रमा भनिएको छ –‘यो त केवल एउटा ट्रेलर मात्र हो । नीता भाउजू, मुकेश दाई यो त केवल एउटा झलक हो । अघिल्लो पटक सामान पूरा भएर तिमीहरु कहाँ आउने छ र त्यसको पूरा व्यवस्था पनि भइसकेको छ ।’

मुम्बईमा मुकेश अम्बानीको मुम्बईस्थित निवास एन्टिलिया बाहिर बिहिबार एउटा स्कार्पियो कार भेटिएको छ, जसमा जिलेटिन स्टिक पाइएको थियो ।

त्यसपछि त्यहाँ त्यसको अनुसन्धान भइरहेको छ र सुरक्षा पनि बढाइएको छ ।