शुक्रवार घट्यो सुनको मूल्य

१४ फाल्गुन २०७७, शुक्रबार १२:४४

काठमाण्डौ।नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ।

शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।