काठमाडौं-अहिलेकी चर्चित गायीका रचना रिमलको सुमधुर आवाजमा सजिएको गीत “नजर को गुलेली “ म्युजिक भिडियो सहित बजारमा आएको छ । उक्त गीतलाई एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो । यस गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत बिराट कडरिया र एरेन्ज पुरुशोत्तम सुबेदी ले गरेका छन । यस गीतमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बुको जिबन्त अभिनय रहेको छ भने यस म्युजिक भिडियोलाई निर्देशन जिबन बुढाथोकी र सम्पादन तथा छायान्कन सुभाश लिम्बुले गरेका छन ।
यो म्युजिक भिडियो गाउले परीबेशमा आधरित रहेर निर्माण गरिएको छ । मन छुने कथामा आधरित यस गीतमा भुपालमान सिंह कार्की तथा श्रीजना लिम्बु यस गीत मार्फत प्रेम जोडी को रुपमा देखा पर्नु भएको छ । निर्माण पक्षले यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास यरेको बताएका छन । यस भन्दा अगाडि पनि गीतकार उप्रेतीको “लाइदेउ माया ” “लगन जुरेर ” “ तिम्रो दिलको ” जस्ता गीत एक पछी अर्को गर्दै गीतहरु सार्वजनिक भाईसकेका छन ।
हेर्नुहाेस भिडियाे
