म्यानमारका सेनालाई फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध

१३ फाल्गुन २०७७, बिहीबार १३:०७

एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले म्यानमारका सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

सैन्य ‘कू’ विरुद्ध म्यानमार लगायतमा विभिन्न मुलुकहरुमा आन्दोलन भईरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाउन प्रतिबन्ध लगाएको हो ।

फेब्रुअरी १ मा भएको सैन्य कू र त्यसपछि विरोध आन्दोलनमा भएको हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था आएको बताउँदै फेसबुकले म्यानमारका सेनालाई फेसबुक र इन्स्टाग्राम चलाउन दिनु खतरापुर्ण रहेको जनाएको छ ।

यसअघि फेसबुकले म्यानमारको सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो । सैन्य ‘कू’ विरुद्ध भएका प्रदर्शनमा हालसम्म ३ जनाको मृत्यु भईसकेको छ ।