
अमेरिकाले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएको छ । बुधबार अमेरिकाका राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध चाहेको बताउनु भएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।
अमेरिकी बिदेश मन्त्रालयमार्फत नेपालका राजदूत डा।युवराज खतिवडाले पठाउनु भएको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति वाइडनले जवाफमा यस्तो बताउनु भएको हो ।
अमेरिकास्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति वाइडनले नेपालसँग साझा एजेण्डाको आधारमा सम्बन्धलाई बनाउन चाहेको बताउनु भएको हो । त्यस्तैगरी राजदूत खतिवडाले पनि अमेरिकाले गर्दै आएको सहयोगहरु प्रति नेपालका तर्फबाट आभार व्यक्त गर्नुभयो ।
