निफ्राको कारोबार केही समयका लागि बन्द, नेप्सेको सिस्टममा समस्या

१२ फाल्गुन २०७७, बुधबार १३:१३

काठमाडौं । नेपाल स्टक एक्सेचेञ्जले नेपाल इन्फ्रस्ट्रक्चर बैंक (निफ्रा)को शेयरमूल्यमा समस्या देखिएकाले कारोबार बन्द गरिएको जनाएको छ ।

नेप्सेको वेबसाइटमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शेयरमूल्य शतप्रतिशत घटेर शून्य कायम भएपछि लगानीकर्ताहरु आश्चर्यमा परेका छन् ।

नेप्सेले निफ्रामा केही प्राविधिक समस्या भएकाले निफ्राको कारोबार केही समयका लागि बन्द गरिएको जनाएको छ । नेप्सले अन्य कारोबारहरु सहज रूपमा चलिरहेकाे पनि जनाएको छ ।

हाल देखिएका डाटाहरु गलत हुन सकने भन्दै नेप्सेले यसको समाधानको प्रयास भइरहेको जनाएको छ । नेप्सले यसका लागि माफी मागेको छ ।