उप राष्ट्रपतिको कार्यालय अगाडि टेम्पोमा आगलागी

१२ फाल्गुन २०७७, बुधबार १२:५०

काठमाडौं। लैनचौरमा टेम्पोमा आगलागी भएको छ। उप राष्ट्रपतिको कार्यालय भन्दा अगाडि सडकमा टेम्पोमा आगलागी भएको हो।

भर्खरै दमकल पुगेर टेम्पोको आगो निभाएको छ। आगलागीले सवारीबाहेक अन्य क्षति भने गरेको छैन। आगलागीका कारण केही समय सडक अवरुद्ध बन्न पुग्यो।

आगलागीमा परेको टेम्पो एलपी ग्यासबाट संचालित हो।