सोमबार सुनको मुल्य स्थिर

१० फाल्गुन २०७७, सोमबार १३:४८

काठमाडौं।  सोमबार सुनको मुल्य स्थिर रहेको छ ।

आइतबार ८ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।