प्रचण्ड-माधव समूहमा बराबरी भागबन्डा

१० फाल्गुन २०७७, सोमबार १३:२९

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी एकताको नयाँ आधार तय गरेका छन्। पूर्वएमाले र पूर्वमाओवादी समूहबीच एकता हुँदा ६०/४० प्रतिशतको आधार तय गरिएकोमा दाहाल–नेपाल समूहले ५०/५० प्रतिशतको आधार तय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल–नेपाल समूहले बराबरी शक्ति बाँफाँडको आधारमा पार्टी एकता गर्नेगरी मापदण्डमा सहमति गरेका छन्। यसबाट स्थायी कमिटीदेखि जनसंगठन, जिल्ला र गाउँपालिकासम्म बन्ने कमिटीमा ५०/५० प्रतिशतका आधारमा दुवै समूहको प्रतिनिधित्व हुनेछ।

[pdf-embedder url=”https://aayokhabar.com/wp-content/uploads/2021/02/nekapa-dahal-nepal.pdf”]

पार्टी विभाजन भएपछि पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षको पुस २१ मा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बाँकी काम पूरा गर्न कार्यदल बनाएको थियो। १२ सदस्यीय कार्यदलको नेतृत्व समूहका अध्यक्ष माधवकुमार नेपालले गरेका थिए। कार्यदलमा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भीम रावल, मातृका यादव, लीलामणि पोखरेल र सुरेन्द्र पाण्डे थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।