
काठमाडौं । पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । यस्तै, हालसम्म ६८ जना क्वारेन्टीनमा रहेका छन् ।
हालसम्म २१ लाख ३६ हजार ६३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
