
काठमाडौं। नेकपा दाहाल-नेपाल समूहले जस्तोसुकै परिस्थिती आएपनि पछि नहट्न निर्देशन दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई त्यस्तो निर्देशन दिएका हुन् ।
उहाँहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाउनुभएको थियो । बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले साम, दाम दण्ड भेद सवै प्रयोग गरेर जनता र नेकपा नेता कार्यकर्तामाथि भ्रम छर्न तल्लिन रहेको आरोप लगाउनुभयो ।
