पछिल्लो २४ घण्टामा ९७ कोरोना संक्रमित

७ फाल्गुन २०७७, शुक्रबार २०:३८

काठमाडाैं। २४ घण्टाभित्र नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन्।

उक्त अवधिमा दुई हजार नाै सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार दुई सय ६३ पुगेको छ।

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ।