कांग्रेस नेता मित्रसेन दाहालको निधन

७ फाल्गुन २०७७, शुक्रबार १३:२०

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ।

बिहीबार ह्दयघातका भएर अस्पताल पुर्‍याइएका दाहालको आज विहान ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका दाहाल राजनीतिसँगै समाजसेवामा संलग्न थिए ।

‘‘एक महिनाअघि उहाँ कोरना संक्रमित हुनु भएको थियो, त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाउनु भएको थियो’’, पूर्व सांसद रामहरी खतिवडाले भने, ‘‘आज अचानक स्वास्थ्यमा समस्या आएपछि अचानक उहाँको निधन भएको छ ।’’

उनकाे शव अहिले अस्पतालबाट कपनस्थित घरमा लगिएकाे छ। श्रद्धाञ्जलीका लागि पार्टी सभापति शेरबहादुर देउवा दिउँसाे  जाने बताइएकाे छ। त्यसपछि उनकाे शव आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।  दाहालका दुई छाेरा, एक छाेरी र पत्‍नी छन्।