
रामेछाप। रामेछापको मन्थली नगरपालिकास्थित मच्छेडाँडीमा यात्रुबाहक बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार शुक्रबार बिहान सालुबाट मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्बरको बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार बसमा सवार ५३ जनामध्ये १८ जना घाइते भएका छन् जसमध्ये दुईको अवस्था गम्भीर छ ।
घाइतेको उद्दारपछि तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा ट्याक्टरलाई साइट दिने क्रममा तीव्र गतिका कारण अचानक बस सडकमै पल्टिएको प्रहरीले जनाएकाे छ ।
मन्थलीमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सेतिदेवी मावि विद्यार्थी र स्काउटको टोली चढेको बस दुर्घटना भएको हो ।
