पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित

५ फाल्गुन २०७७, बुधबार २०:४७

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९९ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  क्वारेन्टाइनमा ७४ जना र १५ सय ८७ जनाको आइसोलसनमा उपचार भइरहेको छ।

हाल नेपालमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान संचालनमा छ।