
धादिङ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रंगेहात एक इन्जिनियरलाई पक्राउ गरेको छ । परेकी छन् ।
आयोगले धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीलाई ९५ हजार घुस लिइरहेको बेला पक्राउ गरेको हो ।
उनले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग घुस रकम माग गरेको बताईन्छ ।
