भारतमा ५४ यात्रु बोकेको बस नहरमा खस्यो, ज्यान गुमाउनेको संख्या ४२

४ फाल्गुन २०७७, मंगलवार १४:३४

 काठमाडौँ ।  मंगलबार बिहान भारतको मध्यप्रदेशको बाणसागर नहरमा बस  खसेको छ । सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले जनाएका छन्।

हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । बसमा ५४ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

७ यात्रुको जीवितै उद्दार गरिएको छ  भने ड्राइभरले पौडी खेलेर आफ्नो ज्यान बचाए । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर निकालिएको छ । केही शव बगेका छन् ।

प्रहरीका अनुसार बसको क्षमता ३२ यात्रीकमो थियो । तर यसमा ५४ यात्री थिए । सिधा बाटोमा जाम भएका कारण ड्राइभरले आफ्नो रुट फेरेका थिए । उनले नहरको किनाराबाट बस गुडाउादै थिए । बाटो निकै साँघुरो भएकोले ड्राइभरले सन्तुलन गुमाएका कारण उक्त दुर्घटना निम्तिएको बताइन्छ ।