संसद विघटन मुद्दामा मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु हुने

३ फाल्गुन २०७७, सोमबार १७:२५

काठमाडौं । संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो ।

नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन् । उनीहरुले कुनै पक्ष विपक्षमा नरही अदालतलाई राय दिनेछन् । एमिकस क्युरीको रायपछि फैसला आउनेछ ।