
काठमाडौँ । आफ्नो पहिलो कोरोना खोपलाई जापानले आइतबार स्वीकृति दिएको छ । अबको केही दिनमै देशमा खोप अभियान चलाइने पनि जापानले जनाएको छ ।
जापानको स्वास्थ विभागले यसअघि नै फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिइसकेको छ । शुुक्रबार एक सरकारी संयन्त्रले स्वदेशी खोप प्रयोगमा ल्याइएको घोषणा गरेको हो । परीक्षणको अन्तिम नतिजाले यो खोप प्रभावकारी रहेको देखाएको बताइएको छ ।
