उत्पादन गरेका अदुवा बारीमा थन्किन थाले

२ फाल्गुन २०७७, आईतवार १५:५१

काठमाडौँ। किसानले उत्पादन गरेका अदुवा बारीमा नै थन्किन थालेका छन् ।

उत्पादित अदुवाको मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरीद गर्न नआउँदा बिक्री गर्न समस्या परेको जनाइएको छ ।

गत वर्षको तुलनामा यस वर्ष धेरै सस्तोमा बिक्री गर्नुपरेको किसानको दःुखेसो रहेको छ । गत वर्ष धार्नीको रु २०० मा बिक्री भएको थियो । यस वर्ष रु १०० देखि १२० सम्म मूल्य तोक्ने गरेको भीमाद नगरपालिका–४ का तुलबहादुर थापाले जानकारी दिए।

भारत निकासीमा बन्द र स्थानीय बजारमा भाउ नहुँदा अहिलेसम्म ९० प्रतिशत कृषकको अदुवा बारीमा नै रहेको छ ।

पहाडी क्षेत्रका कृषकका लागि अदुवा मुख्य नगदेबालीको रुपमा लिइन्छ । अदुवाको गत फागुन र चैत महिनामा लगाउने गरिन्छ भने नौ महिनामा तयार हुन्छ । अदुवा पुस र माघ महिनामा खन्ने गरिन्छ ।

गत वर्ष भारतमा माग धेरै भएकाले मूल्य राम्रो पाउँदा जिल्लामा करीब रु ५० करोड बराबरको अदुवा बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।