
काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहले भेला गरेको हो ।
पौडेल समूहका बैठकले पुस २१ गते जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । बैठकले जिल्ला स्तरीय नेता–कार्यकर्तादेखि सांसदहरुलगायत सबै तह र तप्काका नेता–कार्यकर्ताहरुसँग परामर्श गर्ने निर्णय समेत गरेको छ ।
सभापतिका रुपमा देउवाको पहिलो र प्रमुख जिम्मेवारी १४औं महाधिवेशन गर्नु भएको भन्दै सिटौलाले भनेका छन्, ‘यो जिम्मेवारी निर्वाह गर्न तपाई कुनै गुटको होइन, नेपाली कांग्रेसको सभापति हो भन्ने स्मरण गरेर सवै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्नुपर्छ ।’
