थप ५७ जनामा कोरोना पुष्टि, मृतकको संख्या शून्य

१ फाल्गुन २०७७, शनिबार १८:४१

काठमाडौं । पछिल्लो २४ घन्टामा  थप ५७ जनामा कोरोना पुष्टि भएको छ जसमा महिलाको संख्या २७ र पुरुषको संख्या ३० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ५७ जना नयाँ संक्रमित देखिएका हुन् । यससँगै हालसम्म मुलुकभर संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १३३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६८ हजार ९२९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १९ सय पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख १३ हजार ५४९ पुगेको छ ।