
रूपन्देही । प्रधानमन्त्री केपी ओलीले लुम्बिनी केबुलकार निर्माण आयोजनाको शिलान्यास गरेका छन् ।
केबलकारको बुटवल-३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका-३, वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । लुम्बिनी केबुलकार प्रालिका सञ्चालक विश्वकर्माले ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुने बताए ।
यो आयोजनाले बुटवल क्षेत्रको पर्यटनमा विशेष टेवा पुग्ने बुटवल उपमहानगरको दाबी छ ।
