
काठमाडौँ । अमेरिकाको टेक्ससमा बिहीवार राति भएको सडक दुर्घटनामा कम्तीमा नौजनाको मृत्यु भएको छ ।
आँधी आएका कारण डाल्लास–फोर्ट वर्थ क्षेत्रमा दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ। न्युयोर्क टाइम्सका अनुसार दर्जनौं मानिस सवारीभित्रै थुनिएको अवस्थामा उद्धार गरिएको हो। हिँउ परेर बाटो चिप्लो भएको सडकमा गाडीहरु ठोक्किएको बताइएको छ ।
