चीनमा बीबीसी विश्व समाचार प्रतिबन्ध

३० माघ २०७७, शुक्रबार १०:३१

काठमाडौँ । बीबीसी विश्व समाचार टेलिभिजन सेवालाई चीनमा प्रतिबन्ध लगाइएको छ । बिहीबार चीनको टेलिभिजन तथा रेडियो नियमन गर्ने निकायले कोरोना महामारी र सिमान्तकृत विगर समुदायमाथि गरेको रिपोर्टिङमा झुटो सामाग्री सम्प्रेषण गरेको भन्दै बीबीसीलाई प्रतिबन्ध लगाएको हो ।

बीबीसीले भने चीनको यस्तो निर्णयले निरास बनाएको बताएको छ ।