
दाङ । प्रहरीका अनुसार जिल्लाको गढवा गाउँपालिका २, चिमचिमे तिलतिलेका २७ वर्षीय सूर्यबहादुर राणा थापामगर र उनका दाजु ३९ वर्षीय इन्द्रबहादुरको सिकार खेल्न जंगलमा गएका बेला भाइले चलाएको गोली लागेर दाजु इन्द्रबहादुरको मृत्यु भएको हो ।
जंगलमा सिकार खेल्ने क्रममा भालु आएको जस्तो देखेपछि भाइले फायर खोल्दा दाइको ज्यान गएको प्रहरीले जानकारी दिनुभयो ।
सिकार खेल्न जंगल गएका बेला भाइले पड्काएको गोली लागेर दाजुको मृत्यु भएपछि भाइ सूर्यबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
