थप ८१ जनामा कोरोना पुष्टि : पाँच जनाको मृत्यु

२९ माघ २०७७, बिहीबार १६:४०

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमीत थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ ।

कोरोनाको कारण पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५२ पुगेको छ ।

२४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ६६० पुगेको छ । हाल क्वारेन्टिनमा ८७ जना छन् भने आइसोलेसनमा एक हजार ७१८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।