
हुम्ला । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि हुम्लाका स्थानीयवासी आन्दोलित भएका छन् ।
हुम्लाको सदरमुकाम सिमकोटमा दिनको तीन पटकसम्म गरेर १२ घण्टाभन्दा बढी विद्युत कटौती भएपछि स्थानीयवासीले विद्युत् कार्यालय घेराउ गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाले चरम लापरबाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गरेका हुन् ।

दिउँसो केही समय विद्युत् आपूर्ति भए पनि ४ बजेदेखि राति १० बजेसम्म सँधैजसो नै विद्युत कटौती हुने गरेको स्थानीयको गुनासो छ ।
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको स्रोत कम भएपछि सेवाग्राहीले विद्युत् भार कटौतीको मार खेप्नुपरेको निमित्त कार्यालय प्रमुख राजकुमार बोहराले बताए ।
