आज ११ बजेबाट जुलुस सुरु हुदै

२८ माघ २०७७, बुधबार १०:३५

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौमा प्रदर्शन गर्दैछ। । यसअघि  यो पक्षले माघ ९ गते काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको थियो। सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ ।भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।राजधानीका विभिन्न पाँच स्थानबाट बिहान ११ बजे जुलुस सुरु हुने र सुन्धारामा १२ बजे जम्मा भई मूल जुलुसमा परिणत हुने बताइएको छ। विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ । मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन् ।

केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे शुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट शुरू हुनेछ ।